अर्थ

ज्योति गुप्रद्वारा कोभिड राहत

ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिङ कम्पनी प्रालि र भाजुरत्न ट्रेडिङ कम्पनी प्रालिले कोभिड महामारीको यस कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करिब दुई करोड रकम सहयोगस्वरूप प्रदान गरेको छ।  

सहयोगको क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख रूपैयाँ प्रदान गरेको छ। त्यस्तै, क्रिएसन नेपालाई पाँच २२ हजार बराबरको २५ थान अक्सिजन सिलिन्डर, आछाम अस्पताललाई सात लाख ७० हजार बराबरको पाँच थान अक्सिजन कन्सन्ट्रेटर र हेल्दी नेसन फाउन्डेसनलाई सात लाख ७० हजार बराबरको पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

त्यस्तै, गंगालाल अस्पताललाई पाँच लाखको पिएपिआर सुट, जर्मन अक्सिजन प्लान्टका लागि नेसनल बिजनेस इन्टिभेटिभलाई १५ लाख र त्रिवि शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनी नोभएयरको अक्सिजन प्लान्ट फ्रान्सबाट नेपाल ल्याउन एअर कार्गोसहित एक करोड २१ लाख रकम सहयोग उपलब्ध गराएको कम्पनीले जनाएको छ।

प्रकाशित: २० जेष्ठ २०७८ ०८:२८ बिहीबार

ज्योति गुप्र कोभिड राहत