अर्थ

डिसहोमको नयाँ अभियान

डिसहोमले मेरो मनको दोस्रो देश अभियान सुरु गरेको छ । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता युइएफए युरो २०२० का फुटबलप्रेमी दर्शकलाई लक्ष्य गरी नयाँ अभियान सुरु गरेको कम्पनीले जनाएको छ । 

गत वर्ष महामारीको कारण रद्द गरिएको युइएफए युरो २०२० यस वर्ष प्रसारण गर्न डिसहोम सम्पूर्ण रूपमा तयार रहेको जारी विज्ञप्तिमा उल्लेख छ । यो फुटबल प्रतियोगिता डिसहोमको एचडी च्यानल एक्सन स्पोर्टसमा हेर्न सकिने छ । सामाजिक सञ्जालमा ह्यास मेरो मनको दोस्रो देश ट्रेन्ड गराई यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकबीच रोमाञ्चकारी बनाउने कम्पनीको भनाइ छ ।

यस अभियानबाट डिसहोमले समय समयमा कुन देशका सबैभन्दा धेरै समर्थक छन् भन्ने विवरण पनि निकाल्नेछ । जुन ह्यासट्यागरको मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्छ, उसैले भाग्यशाली ड्रमार्फत बम्पर इनाम पनि जित्ने बताइको छ । यसबाहेक, फ्यानहरूले सामाजिक सञ्जालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिई विभिन्न उपहार जित्न सक्नेछन् ।

प्रकाशित: २० जेष्ठ २०७८ ०८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App