'सेयर बजार अस्वाभाविक रुपमा बढिरहेको छ,' राष्ट्र बैंक प्रवक्ता भास्करमणि ज्ञवालीले सोमबार नागरिकसँग भने, 'लगानीकर्ताले हल्लाको भरमा नलागी बैंक तथा वित्तीय संस्थाको आर्थिक अवस्था हेरेर लगानी गर्नुपर्छ । नभए लगानी जोखिममा पर्न सक्छ ।'
उनले सेयर बजारको अस्वाभाविक वृद्धिलाई केन्द्रीय बैंकले नजिकबाट अनुगमन गरिरहेको जानकारी दिए । उसले सेयर बजार अस्वाभाविक बढ्ने क्रमले केही दिन निरन्तरता पाए बैंक तथा वित्तीय संस्थाको ऋण जोखिममा पर्नबाट जोगाउन आवश्यक निर्देशन दिने गृहकार्यसमेत थालिसकेको छ ।
राष्ट्र बैंक स्रोतका अनुसार, आर्थिक गतिविधिबिना सेयर बजार बढ्दा बैंकको ऋण जोखिममा पर्ने आँकलन गर्दै तीन वर्षअघि लिएको नीति पुनः लागू गर्ने गृहकार्य भइरहेको छ । 'सेयर धितोमा कर्जा दि"दा बजार मूल्यको ६० प्रतिशतसम्म मात्र दिन सकिने व्यवस्था गर्नेबारे गृहकार्य सुरु भएको छ,' स्रोतले भन्यो, 'अन्तिम मस्यौदाबारे छलफल भइरहेको छ ।' राष्ट्र बैंकले अहिले बैंकहरुलाई जोखिम हेरी लगानी गर्न सक्ने अधिकार दिएको छ ।
पछिल्लो समय सेयरमा बैंक तथा वित्तीय संस्थाले लगानी बढाएपछि राष्ट्र बैंक झस्केको हो । सेयर बजार अस्वाभाविक रुपमा घटेपछि सरकार तथा निजी क्षेको आग्रहमा राष्ट्र बैंकले सेयर धितो कर्जा बैंक आफैंले जोखिम मूल्यांकन गरेर दिन सक्ने व्यवस्था गरेको थियो ।
पुँजीगत लाभकरको सीमा कटौती, स्रोत खोज्ने व्यवस्थामा खुकुलोपन र संस्थागत लगानीकर्तालाई सुविधा दिएपछि पछिल्लो समय सेयर बजारमा सुधार आउन थालेको थियो । निर्वाचन हुने पक्का भएपछि बढ्न थालेको सेयर बजारमा निर्वाचनपछि तीव्र वृद्धि देखिएको छ ।
सेयर बजार सूचकमा वृद्धि साथै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । दैनिक औसत ५० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच हुन थालेको छ । निर्वाचनपछि मात्र बजार २ सय अंकभन्दा बढीले माथि चढिसकेको छ । बैंकहरुले अन्य Ôेत्रमा लगानी गर्न नसक्दा सेयरमा धमाधम ऋण दिइरहेका छन् । सेयर कारोबार रकम र परिसूचक उकास्न यसले मद्दत गरेको छ ।
सेयर बजार ६ वर्Èयताकै न्यून बिन्दुमा झरेपछि अर्थ मन्त्रालयले पनि बजार उकास्न चासो राखेको थियो । लगानीकर्ताको दबाब र बजार बढाउन सरकारले नीति लिएपछि राष्ट्र बैंकले कर्जामा लगाएका सबै बन्देज हटाएको थियो । विगतमा सेयर बजार परिसूचक ११७५ अंकमा पुगेर झर्न थालेपछि सेयर धितो कर्जा जोखिममा परेको थियो । जोखिम कम गर्न राष्ट्र बैंकले कर्जामा कडाइ गरेको थियो ।
निर्वाचनपछि सेयर बजारमा आधा अर्ब रुपैया"सम्मको कारोबार हुन थालेको छ भने तीव्र वृद्धिका कारण दिनमा तीनपटकसम्म सर्किट ब्रेकर लगाएर कारोबार स्थगित हुन थालिकेको छ । अन्य लगानीको क्षेत्र नभएपछि बैंकहरुले धमाधम ब्याज घटाएर सेयर धितोमा कर्जा लगानी गर्न थालेका हुन् ।
प्रकाशित: ८ पुस २०७० २३:५१ सोमबार