अर्थ

पेप्सीको सद्भावना दूतमा खड्का

पेप्सीले आफ्नो ब्रान्डको सद्भावना दूतमा नेपाली चलचित्रका अभिनेता प्रदीप खड्कालाई नियुक्त गरेको छ। यो वर्षको गर्मीमा उपभोक्ताको तिर्खा मेट्ने र तरोताजा अनुभव दिलाउन पेप्सीले युवा लक्षित सुपरस्टार खड्कालाई नयाँ ब्रान्ड सद्भावना दूत तोकेको कम्पनीले जनाएको छ।  

यससँगै यो वर्षको गृष्म प्रचार अभियानसमेत सुरु भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। पेप्सीले नयाँ विज्ञापन टिभी, डिजिटल, आउटडोर र सामाजिक सञ्जालमा व्यापकताका साथ प्रचारप्रसार गरिने जनाएको छ। 

प्रकाशित: १७ वैशाख २०७८ ०२:२२ शुक्रबार

पेप्सीको सद्भावना दूत अभिनेता प्रदीप खड्का