अर्थ

सुन चाँदीको मूल्य स्थिर

साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। आइतबार प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुनको मूल्य पनि आइतबारकै मूल्यमा प्रति तोला ९० हजार ८ सय रुपैयाँ कायम भएको महासंघको भनाई छ।  चाँदीमा पनि आइतबारकै मूल्य १ हजार ३ सय १० रुपैयाँ नै कायम भएको छ।

प्रकाशित: १३ वैशाख २०७८ ०७:२५ सोमबार

सुन चाँदीको मुल्य