अर्थ

तीन जना नक्कली नोट कारोबारी पक्राउ

नेपाली कांग्रेसका धरान उपमहानगर कमिटीका उपभासपतिसहित तीनजना नक्कली नोट कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा कांग्रेस धरान–१७ निवासी महेन्द्र तामाङ, धरान–१९ का टेकबहादुर तामाङ र सुनसरी हरिनगर गाउँपालिका–२ का नजिम साफी रहेका छन्। उनीहरूलाई मंगलबार जिल्ला सदरमुकाम इनरुवाबाट १ हजार दरका नक्कली नोट ४ सय १५ थान (४ लाख १५ हजार)सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।  

एसपी कमल थापाका अनुसार इनरुवा–४ स्थित स्टार होटलअगाडिबाट उनीहरूलाई पक्राउ गरिएको हो। नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले पक्राउ गरेको एसपी थापाले जानकारी दिए।

नक्कली नोटसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रासम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गराई थप अनुसन्धान समेत भइरहेकोसमेत जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। 

प्रकाशित: ९ वैशाख २०७८ ०५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App