अर्थ

पोखरामा डायमण्ड मेला

पञ्चरत्न आभुषणमा आयोजित डायमण्ड मेलामा उपस्थिति सर्वसाधारणहरु गहना हेर्दै । तस्बिर: नागरिक

पोखरामा आईतबारदेखि हिरा(डायमण्ड)का गहनाको मेला शुरु भएको छ । कन्चन क्यापिटल प्रालिले प्रदेशस्तरीय मेला आयोजना गरेको यो पहिलो हो । मेला ६ दिनसम्म चल्ने छ ।  

पोखराको व्यस्त बजार क्षेत्र पालिखेचोकस्थित पञ्चरत्न आभुषणमा मेला आयोजना गरेको हो । मेलामा हिराका विभिन्न गहनाहरु विक्री वितरणको लागि राखिएको छ । मेलामा सर्वसाधारणको उपस्थितिले पनि हिराका गहनाप्रति आकर्षित रहेको प्रष्टिएको छ । मेलामा ४० प्रतिशतसम्म छुट दिइएको छ ।  

मेलामा हिराबाट बनेका फूल, औंठी, हार, टप, झुम्का लगायतका गहनाहरु राखिएको छ । ‘पछिल्लो समय हिराको गहनाप्रति महिलाहरुको आकर्षण बढ्दै गएको छ,’ कन्चन क्यापिटल प्रालिका अध्यक्ष विमलमान गुभाजूले भने । १४ क्यारेटको सुनमा हिरा राखेर गहना बनाउने गरिएको छ । सुन दैनिकजसो महंिगदै गएकोले पनि सर्वसाधारण हिराको गहनाप्रति आकर्षित हुदैं गएको उनको भनाई थियो ।  

पोखरामा हिराको गहनाको कारोबार गर्ने ८ वटा जति आभुषण पसलहरु छन् । ती पसलहरुले विभिन्न हिराका गहना बनाई विक्री वितरण गर्दै आएका छन् । तथ्यांक अनुसार पोखरामा वार्षिक बढीमा ७ करोड रुपैयाँसम्म हिराका गहनाको विक्री हुने गरेको छ ।  

हिराका गहना पोखरामा भन्दा बढी काठमाडौंमा प्रचलन छ । पोखरामा हिराका गहना तौल अनुसार न्यूनतम ४ हजारदेखि बढीमा ४ लाख रुपैयाँसम्मको खरीद विक्री हुने गरेको उनको भनाई छ । हिराको तयारी गहना पोखरामै बनाईने गरिएको अध्यक्ष गुभाजूले सुनाए । ‘कच्च पदार्थ काठमाडौंबाट ल्याईन्छ । तयारी गहना समेत काठमाडौसम्मं मगाईन्छ,’ उनले भने, ‘पोखरामा पनि आवश्यकता र डिजाईन अनुसार गहना तयार गरिन्छ ।’ 

प्रकाशित: ५ वैशाख २०७८ ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App