अर्थ

काठमाडौँ प्लाजा खाली गर्न नेपाल ट्रस्टकाे अन्तिम चेतावनी

नेपाल ट्रस्टले काठमाडौँ प्लाजा खाली गर्न अन्तिम पटक भन्दै सूचना प्रकाशित गरी चेतावनी दिएकाे छ। पटक पटक सूचना प्रकाशित गर्दा पनि खाली नगरेको भन्दै नेपाल ट्रष्टले अन्तिम पटक सूचना प्रकाशित गरेर खाली गर्न आदेश दिएको हो। अन्तिम पटक चैत्र ३१ गतेसम्मको म्याद राखेर नेपाल ट्रष्टले सूचना जारी गरि उक्त मितिसम्म काठमाडौँ प्लाजा भवन खाली नगरे कारबाहीमा उत्रने चेतावनी समेत दिएको छ।

ट्रस्टको कार्यालयले उक्त भवन काठमाडौँ महानगरपालिकालाई भाडामा दिने सम्झौता गरेकाले यदि सो समयमा खाली नगरे कानुन बमोजिम सो भवनमा व्यवसाय गर्ने सबैलाई कारबाही चलाइने नेपाल ट्रस्टले जनाएको छ।

दिइएको मितिसम्म भवन खाली गरिएन भने कानूनी प्रक्रियाअनुसार अघि बढ्ने नेपाल ट्रष्टले जनाएको छ।

प्रकाशित: २६ चैत्र २०७७ ०७:२८ बिहीबार

काठमाडौँ प्लाजा नेपाल ट्रस्ट