यसपाली माछामासुको मूल्य भने अत्याधिक बढेको छ। गत बर्ष ११.५ प्रतिशतले बढेको माछामासुको मूल्य यसपाली १७.४ प्रतिशतले बृद्धि भएको छ। तर रेस्टुरेन्ट तथा होटलको खर्च भने घटेको छ । राष्ट्र बैंकका अनुसार, अघिल्लो बर्ष १२.६ प्रतिशतले बढेको रेस्टुरेन्टको खर्च यसपाली जम्मा १२.२ प्रतिशतले बढेको छ । यसपाली फर्निसिङ, घरायसी उपकरणलगायतको बस्ुतको मूल्य भने अत्याधिक बृद्धि भएको छ । लत्ता कपडा, जुत्ता चप्पल, शिक्षा क्षेत्रमा हुने खर्चको बृद्धि दर घटेको छ । स्वास्थ्य तथा यातायात क्षेत्रको खर्च पनि घटेको राष्ट्र बैंकको तर्क छ ।
राष्ट्र बैंकले मूल्य बृद्धि के कारणले घट्यो भन्ने विश्लेषण भने गरेको छैन । मंगलबार सार्वजनिक देशको वर्तमान आर्थिक अवस्था प्रतिवेदन अनुसार, काठमाडौं, तराई, पहाड सबै तिरको मूल्य बृद्धि घटेको हो । तराईमा ११.८ प्रतिशत रहेको मूल्य बृद्धि ८.३ प्रतिशतमा सीमित भएको छ । काठमाडौंको १२.३ प्रतिशतले बढेको मूल्य बृद्धि यसपाली ८ प्रतिशत र पहाडको ११.५ प्रतिशतले बढेको मूल्य ७.१ प्रतिशतमा सीमित भएको छ ।
प्रकाशित: १ आश्विन २०७० ०४:०२ मंगलबार