अर्थ

राष्ट्र बैंकले सुन आयात कोटा बढायाे

नेपाल राष्ट्र बैंकले सुनको आयात कोटा बढाएको छ। दैनिक १० किलो सुन आयातको अनुमति बढाएर बढाएर २० किलो पुर्‍याउने निर्णय गरेको राष्ट्र बैंकले जनाएको छ।  

सुनचाँदी व्यवसायीको माग अनुसार कोटा बढाएको हो। बजारमा सुनको माग बढी भए पनि दैनिक १० किलोको कोटाले नपुगेको भन्दै बढाउन माग गर्दै आएका थिए।

कोभिड–१९ को महामारीका कारण लकडाउन भएपछि चैत १९ गतेदेखि राष्ट्र बैंकले विदेशी विनिमयको सञ्चिति घट्न सक्ने भन्दै सुनको कोटा घटाएको थियो। अहिले बजारमा दैनिक ३० किलो सुनको माग रहेको व्यापारीको दाबी छ।

प्रकाशित: २० चैत्र २०७७ ०३:२७ शुक्रबार

नेपाल राष्ट्र बैंक सुन आयात