अर्थ

उदयपुर अदुवा, बेसार र सुन्तला सुपरजोन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (कृषि–जोन) उदयपुरले त्रियुगा नगरपालिका–१४ मा ५० प्रतिशत अनुदानमा अदुवा र बेसारको बीउ वितरण गरेको छ। कृषि–जोन कार्यालय प्रमुख रामस्वगारत साहको नेतृत्वमा पुगेको कर्मचारी र प्राविधिक टोलीले मंगलबार साउनेमा उन्नत जातको अदुवा र बेसारको बीउ वितरण गरेको हो।  

किसानलाई कपुर–१ र २ जातको बेसार दुई हजार किलो र सात सय ७५ किलो अदुवाको बीउ वितरण गरिएको छ। जिल्ला समन्वय समिति उदयपुरका प्रमुख तथा कृषि–जोन अनुगमन समन्वय समिति संयोजक खड्ग परियारले व्यावसायिक कृषिले नेपाली समाजको आर्थिक रूपान्तरणमा सहयोग पुग्ने बताए।

अदुवा–बेसार जोन सञ्चालन समिति अध्यक्ष मणि खम्बु राईले साउनेका २–४ घरधुरीले थालेको बेसार खेती अहिले गुणस्तरीय उत्पादनको अवस्थामा आइपुगेको बताए। साउनेको बेसार अहिले मुलुकभर गुणस्तरीय र नमुनामा गणना भइसकेकोले किसानलाई प्रोत्साहन गर्न ५० प्रतिशत छुटमा बीउ दिएको भन्दै उनले अब छिट्टै विदेश निर्यात गर्ने तयारी भइरहेको बताइन्।

प्रकाशित: १५ चैत्र २०७७ ०३:३४ आइतबार

अदुवा बेसार र सुन्तला सुपरजोन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना