अर्थ

पर्यटन व्यवासायी भन्छन्ः आन्तरिक पाहुना छन् र त होटलको ढोका खुल्न सके

अझै डेढ–दुईवर्ष विदेशी आउँदैनन्, आन्तरिककै भर पर्ने हो

जाउँ है पोखरा अभियान अन्तर्गत नेपालगञ्जमा भएको छलफल । तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमण सुरु भएसँगै थलिएको पर्यटन क्षेत्रले वर्षदिनदेखि विदेशी पाहुनाको मुख देख्न पाएको छैन । धन्न, आन्तरिक पाहुनाले गर्दा पर्यटन क्षेत्रलाइ थोरै भएपनि राहत मिलेको छ । आन्तरिकको भरमा थोरै राहत मिलेपनि व्यवसायीले कमाउन भने पाएका छैनन् ।

आन्तरिक पाहुनाको भरमा ढोका मात्र खुला राख्न सकेको पर्यटन क्षेत्रमा थप पाहुना भिœयाउन सके व्यवसाय सहजै टिकाउन सकिने व्यवसायीको अनुमान छ । अझै डेढ–दुईवर्ष तेश्रो मुलुकका विदेशी पाहुना आउने सम्भावना नभएको र त्यो बेलासम्म आन्तरिककै भरमा व्यवसाय धान्नुपर्ने बाध्यता रहेको भन्दै व्यवसायीले थप आन्तरिक पाहुनालाई पोखरा बोलाउने अभियान थालेका छन् ।

पश्चिमाञ्चल होटल संघले ‘जाउँ है पोखरा अभियान’ मार्फत आन्तरिक पाहुनालाई पोखरा घुम्न बोलाउनका लागि अहिले विभिन्न सहरमा प्रर्वद्धनात्मक अभियान चलाएको छ । त्यसका लागि संघले यो पटक पश्चिम नेपालका विभिन्न सहरमा प्रवद्र्धन अभियान थालेको छ । स्थानीय व्यवसायीसँग सहकार्य गर्दै आन्तरिक पर्यटकलाई पोखरा बोलाउने योजना व्यवसायीको छ ।  

संघका अध्यक्ष विकल तुलाचनले भने, ‘तत्काल विदेशी पाहुना आउने सम्भावना छैन । विदेशीको मुख देख्नै नपाउने अवस्था रहेकोले हामी आन्तरिक पर्यटनमा अझ बढी निर्भर हुनुपरेको हो ।’ व्यवसायीले द्वन्द्वकालमा विदेशी पाहुना अभाव भएपछि आन्तरिकमार्फत पर्यटनलाई चलायमान बनाउने गरि ‘जाँउ है पोखरा’ अभियान सुरु गरेका थिए । त्यही अभियानलाई वर्षेनी विभिन्न सहरमा पुगेर प्रवद्र्धन गर्दै व्यवसायीले आन्तरिक पाहुनालाई पोखरा घुम्न बोलाउने गरेकोमा कोरोनाको यो अप्ठरोमा पनि आन्तरिककै भर खोजेको उनले बताए ।

तुलाचनका अनुसार यो पटकको अभियान पश्चिम नेपालको नेपालगञ्ज, बर्दिया, धनगढी र महेन्द्रनगर सहरमा गरिनेछ । प्रवद्र्धनमार्फत आन्तरिक मात्र नभई क्रस बोर्डर पर्यटन मार्फत पनि लाभ लिन सकिने उनले बताए । ‘यो प्रवद्र्धनले आन्तरिक पाहुनालाई पोखरा बोलाउन त सहज हुनेछ नै, त्यसबाहेक क्रस बोर्डर पयर्टनबाट पनि लाभ लिन सकिन्छ,’ उनले भने, ‘अभियानले अहिले भन्दा बढेर आन्तरिक पाहुनालाई पोखरा भिœयाउन सफल हुनेमा हामी विश्वस्त छौं ।’  

संघले आन्तरिक पर्यटक लक्षित गर्दै जाउँ है पोखरा अभियान सुरु भएको दुईदशक हुन थालेको छ । यसअघि यही वर्ष मंसिरको अन्तिममा पूर्वी सहरमा यस्तै अभियान चलाएको थियो । त्यो अभियानमार्फत पनि केही आकारमा त्यो क्षेत्रबाट आन्तरिक पाहुना पोखरा आउन थालेका थिए । अब पश्चिम क्षेत्रका पर्यटकलाई पोखरा भिœयाउन सकियो भने त्यसबाट दुवै सहरका व्यवसायीले लाभ पाउने उनले बताए ।  

‘यो बेला आन्तरिकलाई पनि केही अप्ठेरो त छ । त्यसबाहेक भारतीयलाई पनि भिœयाउन सकेका छैनौ । भारतीय पाहुना मात्र भिœयाउन सक्ने हो भने पर्यटनमा पक्कै लाभ हुन्छ,’ तुलाचनले भने, ‘तर, नाका नखुल्दा भारतीय पाहुना आउन पाएनन् । भारतीय पाहुनाका लागि भएपनि नाका खोल्नुपर्ने पोखरेली सहित पश्चिम क्षेत्रका सबै पर्यटन व्यवसायीको माग रहेको उनले बताए ।  

उनका अनुसार कोरोनाको यो अप्ठेराबीच पनि पोखरामा आन्तरिक पाहुनाको आगमन दर बढिमा १० प्रतिशत छ । यो निकै नै सानो आकार हो । अब क्रस बोर्डर पर्यटनलाई प्रवद्र्धन गर्दै आन्तरिक र केही भारतीय पाहुनालाई पोखरा भिœयाउँदा अकुपेन्सी दर बढेर २५ प्रतिशत पुग्ने अपेक्षा रहेको उनले बताए । ‘२५ प्रतिशत अकुपेन्सी पु¥याउन सक्ने हो भने हामी व्यवसायीले थोरै भएपनि राहत पाउँनेछौं,’ उनले भने । प्रवद्र्धन अभियान लिएर पश्चिम क्षेत्रमा पुगेका व्यवसायीले विभिन्न छुटको बारेमा पनि जानकारी गराएका थिए ।  

होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले दुईदशक अघिको यो अभियानले आन्तरिक पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव परेको बताए । पर्यटनमा कनेक्टिभिटी महत्वपूर्ण हुने भन्दै पराजुलीले आन्तरिक र अन्तर्राष्ट्रिय रुपमा नै मानिसको आवागमन बन्द हुँदा सबैभन्दा ठूलो मार पर्यटन क्षेत्रले भोग्नु परिरहेको बताए । ‘कोरोना भनेर हात बाँधेर बसेर हुन्न, अव व्यवसायी आफैं घुमेर पर्यटकीय माहोल सिर्जना गर्दै सकारात्मक सन्देश दिनुपर्छ,’ पराजुलीले भने, ‘पर्यटन प्रबद्र्धन अभियान संचालन गरी पर्यटकीय गतिविधि संचालन गर्ने र सहकार्य मार्फत आर्थिक चलायमान बनाई सुस्ताएको पर्यटनलाई सकारात्मक सन्देश प्रवाह गर्ने प्रयास हो ।’ आन्तरिक पर्यटन प्रवद्र्धनका माध्यमबाट नै दिगो पर्यटन विकास सम्भव हुनेमा व्यवसायी आशावादी रहेको उनले बताए ।  

जाउँ है पोखरा मार्फत नै आन्तरिक पर्यटनलाई उकास्न खोजेको उनले बताए । ‘खर्च धान्नकै लागि भएपनि हामीलाई अझै बढी संख्यामा आन्तरिक पाहुना आवश्यक छ,’ उनले भने, ‘पश्चिमका यी सहर भारतीय सहरसँग जोडिएको र भारतीय पर्यटकलाई पोखरा पु¥याउन सकिने भएकोले पनि प्रवद्र्धन गर्न जरुरी ठानेका हौ ।’ पर्यटन क्षेत्र अहिले अप्ठेरो अवस्थामा भएकोले पनि आन्तरिक पर्यटन बिना व्यवसाय चलायमान बनाउन नसकिने अवस्था रहेको उनले बताए । ‘अझै एकडेढ वर्ष आन्तरिक पाहुनाको भर पर्ने र आन्तरिकको त्यही संख्यामा भारतीय पाहुना थप्न सके अझ प्रभावकारी हुने अपेक्षा छ,’ उनले भने । 

प्रकाशित: २२ फाल्गुन २०७७ ०९:१४ शनिबार

जाउँ है पोखरा