अर्थ

मोलुङ हाइड्रोपावरको आइपिओ निष्कासन सम्झौता

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गर्ने सय रूपैयाँ अंकित दरको ३५ लाख ३१ हजार कित्ता सेयर (आइपिओ) निष्कासन गर्न सन्राइज  क्यािपटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

कम्पनीका प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन र सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेको बताइएको छ। सात मेगावाट क्षमताको मोलुङ खोला जलविद्युत् आयोजनाले २०७४ चैतबाटै विद्युत् उत्पादन गर्दै आएको छ।

गत माघ १० गते सम्पन्न कम्पनीको ११औं वार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पुँजी वृद्धि गरी एक अर्ब र जारी पुँजी वृद्धि गरी ८० करोड २५ लाख कायम गर्ने निर्णय गरिएको समेत कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १९ फाल्गुन २०७७ ०४:१० बुधबार

मोलुङ हाइड्रोपावर आइपिओ निष्कासन सम्झौता कम्पनीका प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन