अर्थ

चार सयले बढ्यो सुन

स्थानीय बजारमा सुनको मूल्यमा आज सामान्य सुधार भएको छ। अघिल्लो सातादेखि लगातार घटेको सुनको मूल्य आइतबार पनि घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा ४ सय रुपैयाँले बढेको छ। प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा आइतबार कारोवार भएको छापावाला सुन आज भने ८८ हजार ७ सय रुपैयाँ मूल्य कायम भएको छ।  

त्यसैगरी तेजाबी सुनको मूल्य आइतबार प्रतितोला ८७ हजार ८ सय५० रुपैयाँमा कारोवार भएकोमा आज भने ८८ हजार २ सय५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। तोलामा एक हजार ३ सय२५ रुपैयाँमा आइतवार कारोवार भएको चाँदी आजका लागि भने पाँच रुपैयाँले वृद्धि भई एक हजार ३ सय५० रुपैयाँ मूल्य निर्धारण भएको छ। रासस

प्रकाशित: १७ फाल्गुन २०७७ ०६:२१ सोमबार

आज सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासङ्घ चार सयले बढ्यो