अर्थ

पाँच सयले घट्यो सुन

स्थानीय बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ। अघिल्लो साता पनि लगातार घटेको सुन आज साताको पहिलो दिन नै तोलामा ५ सय रुपैयाँले घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो।  

यस्तै तेजाबी सुन तोलामा ८७ हजार ८स्य५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार तेजाबी सुन तोलामा ८८ हजार ३ सय५० रुपैयाँमा कारोवार भएको थियो।  

यस्तै चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ। शुक्रबार तोलामा एक हजार ३सय३५ रुपैयाँमा कारोवार भएको चाँदी आज भने एक हजार ३ सय२५ रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। रासस

प्रकाशित: १६ फाल्गुन २०७७ ०७:४३ आइतबार

आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ छापावाल सुन प्रतितोला ८८ हजार ३ सय रुपैयाँ नेपाल सुनचाँदी व्यवसायी महासङ्घ तेजाबी सुन तोलामा ८७ हजार ८स्य५० रुपैयाँ