अर्थ

हेमबहादुर मल्ल सम्मान डा.दासलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले हेमबहादुर मल्ल सम्मान २०७५ गौरीशंकरलाल दासलाई प्रदान गरेकी छन्। उक्त सम्मान दुई लाख राशीको छ।

नेपाल जनप्रशासन संघले शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गर्न ख्यातिप्राप्त प्रशासक एवं व्यवस्थापक स्व. हेमबहादुर मल्लको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो। साल्ट ट्रेडिङ कर्पोरेसनको सौजन्यमा यो सम्मान राष्ट्रपति भवनमा प्रदान गरिएको हो।

राष्ट्रपति कार्यालयमा आयोजित सम्मान कार्यक्रममा संघका अध्यक्ष कृष्णहरि बास्कोटाले डा. दास हेमबहादुर मल्ल सम्मान पाउने १६औं व्यक्ति भएको बताए। दासले सम्मानका लागि आभार प्रकट गरेका छन्।

प्रकाशित: १६ फाल्गुन २०७७ ०४:५९ आइतबार

राष्ट्रपति विद्यादेवी भण्डारी हेमबहादुर मल्ल सम्मान नेपाल जनप्रशासन संघ गौरीशंकरलाल दास