अर्थ

तोलामा ८ सयले बढ्यो सुन

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ। छापावाला सुन तोलामा आज ८ सय रुपैयाँले वृद्धि भएको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा ८८ हजार २ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज ८९ हजार रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। तेजाबी सुन शुक्रबार तोलामा ८७ हजार ७५० रुपैयाँमा कारोवार भएकामा आज ८८ हजार ५५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।  

चाँदी तोलामा एक हजार ३३० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। तोलामा एक हजार ३०५ रुपैयाँमा शुक्रबार कारोवार भएको चाँदी आज तोलामा २५ रुपैयाँले वृद्धि भएको हो।

प्रकाशित: ९ फाल्गुन २०७७ ०६:१६ आइतबार