अर्थ

रु रु जलविद्युतको आईपीओ बिक्री खुला

रु रु जलविद्युत परियोजना लिमिटेडले आजबाट आईपीओ जारी गर्दै छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो।  रु रु जलविद्युत आयोजना प्रभावित गुल्मी जिल्लाका स्थानीयका लागि प्रतिशेयर १ सय दरका  ४ लाख ७ हजार ७०५ कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो।

उक्त आईपीओमा छिटोमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ। समयमा सबै सेयर बिक्री नभएमा चैत ८ गतेसम्म भर्न सकिने छ।  

हाइड्रोपावर कम्पनीले एनएमबि क्यापिटललाई शेयर निष्काशक तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। रु रु मा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।  

 

प्रकाशित: ७ फाल्गुन २०७७ ०६:१२ शुक्रबार

आईपीओ