अर्थ

विज्ञापन वोर्डमा विज्ञापन संघलाई नसमेटिनु दुखद : महासचिव घिमिरे

नेपाल विज्ञापन संघका महासचिव कृष्ण घिमिरेले सरकारले गठन गरेको विज्ञापन बोर्डमा विज्ञापन संघ लाई नसमेट्नु दुखद भएको बताएका छन्। सुनसरीको इटहरीमा पाथीभरा एड्भरटाइजीङ तथा पाथीभरा जव लिंक प्रालिको सातौं तथा दोश्रो वार्षीकोत्सव कार्यक्रममा बोल्दै घिमिरेले सरकारको कदमले विज्ञापन बजारका लागि अनुपयुक्त रहेको बताएका हुन्।  

सरकारले गठन गरेको विज्ञापन बोर्डमा विज्ञापनकर्मीबाट एक जना पनि प्रतिनिधि नहुनुले विज्ञापन बजारको विकास हुन नसक्ने दावी गरे। उनले सरकारले क्लिन फिड नीतिलाई कडाइपूर्वक लागू गर्न सकेमा विज्ञापन बजार हालको भन्दा दोब्बर पुग्ने पनि उनको दावी छ। घिमिरेले नेपाली विज्ञापन बजार खराव रहेकोले समानुपातिक विज्ञापनको आबश्यक्ता रहेको कुरामा पनि जोड दिए। यसैगरी नेपाल विज्ञापन बोर्डका सदस्य चन्द्र न्यौपानेले मिडियालाई व्यवस्थित गर्दै सबैलाई समानुपातिक विज्ञापन वितरण गर्ने बताए। उनले सरकारले विज्ञापन संघलाई समेत प्रतिनिधिमुलक रुपमा समेट्ने दावी पनि गरेका छन्। उनले विज्ञापन एजेन्सीलाई पनि बोर्डमा दर्ता गरेर प्रभावकारी माध्यमबाट बोर्ड संचालन गर्ने उल्लेख गरे। कार्यक्रममा पाथीभरा एड्भरटाइजीङ तथा पाथीभरा जव लिंक प्रालिका अध्यक्ष पवन अधीकारीले प्रदेश १ का संचारमाध्यमका लागी विज्ञापन वोर्ड र संघको केन्द्रीय कार्यलयले उचित कदम चाल्नूपर्नेमा जोड दिए। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सस्थाले प्रदेश १ मा रहेर गरेको कार्य उदाहरणीय रहेको बताए। उनले एस्ता कार्यले मिडियाका लागि सहयोग पूग्ने बताउदै पत्रकार तथा संचारमाध्यमका लागि संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नूपर्नेमा जोड दिएका छन्।

 

प्रकाशित: ४ फाल्गुन २०७७ १२:१७ मंगलबार

विज्ञापन