अर्थ

केएल टावरमा भ्यालेन्टाइन लक्षित मेला

चाबहिलस्थित सपिङ मल केएल टावरमा भ्यालेन्टाइन डे लक्षित सामानको खरिदमा ५० प्रतिशत छुटको अफरसहितको मेला शुक्रबार सुरु भएको छ। मलले भ्यालेन्टाइन डेको अवसर पारेर यो मेला आगामी फागुन ८ गतेसम्म जारी रहने जनाएको छ।

मेलामा ४० भन्दा धेरै आउलेट राखिएका छन्। मलमा बालबालिकादेखि बयस्क सबै उमेर समूहका लागि आवश्यक पर्ने विभिन्न कम्पनीका ब्रान्ड अनुसार ५० प्रतिशतसम्म छुट पाइने व्यवस्था गरिएको बताइएको छ।

मेलामा इलेक्ट्रोनिक्स सामानका पनि स्टल छन्। मोबाइल, घडी र ब्यागमा पनि छुटको अफर रहेको विज्ञप्तिमा उल्लेख छ। मेलामा पुग्नेका लागि विभिन्न इभेन्टहरू पनि राखिएको छ। यसमा ग्राहकले पाँच हजारभन्दा बढी मूल्यका सामान खरिद गर्दा दुइटा फिल्म टिकट पाउने व्यवस्था छ।

भ्यालेन्टाइन डे लक्षित इभेन्टमा कस्टमरका लागि गुलाफका फूल, बेलुन र क्यान्डीहरू फ्रीमा बाँडिएको बताइएको छ। बच्चाहरूका लागि फेसपेन्टिङ पनि राखिएको छ। मलमा १२ बजेपछि ग्राहक अन्तरक्रिया कार्यक्रम राखिएको आयोजकले जानकारी दिएको छ।

प्रकाशित: २ फाल्गुन २०७७ ०३:०६ आइतबार

भ्यालेन्टाइन केएल टावर मेला