अर्थ

इन्फ्रास्ट्रक्चर बैंकको शेयर यहि साताबाट कारोबारमा आउँदै

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर यो हप्तादेखि कारोबारमा आउने भएको छ। बैंकको सेयर सूचीकरणका लागि नेप्सेमा पुगिसकेको जनाइएको छ। नेप्सेमा यही हप्ता सूचीकरण गरेर कारोबारमा आउने तयारी रहेको छ। बैंकले माघ २ गतेदेखि ६ गतेसम्म ८ करोड कित्ता साधारण शेयर निष्काशन गरेको थियो।  

नेप्सेमा सूचीकरणका लागि पठाइएका कागजपत्रको अध्ययनपछि सम्झौता हुने छ। नेप्से र कम्पनीबीच सूचीकरण सम्झौता भएपछि कारोबार शुरु हुनेछ।

बैंकको चुक्ता पूँजी १२ अर्ब रहेको छ भने ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँट पछि चुक्ता पूँजी २० अर्ब पुग्नेछ।

 

 

प्रकाशित: २६ माघ २०७७ ०६:२८ सोमबार

इन्फ्रास्ट्रक्चर बैंक सेयर