अर्थ

सिप्रडीका ग्राहकले हिमालयन बैंकबाट सहुलियत दरमा कर्जा पाउने

सिप्रडी ट्रेडिङ्ग प्रालिका ग्राहकले सवारी साधन खरिद गर्दा हिमालयन बैंकबाट सहज र सुहुलियत दरमा कर्जा पाउने सम्झौता भएको छ। बैंकका अनुसार पुस २८ गतेबाट उक्त सम्झौता लागु भइसकेको छ। उक्त सम्झौता अनुसार सिप्रडी ट्रेडिङ्गका ग्राहकहरुले सो कम्पनीबाट सवारी साधन खरिद गर्दा हिमालयन बैंकबाट सहजताका साथ सहुलियत दरमा  सवारी साधन कर्जा प्राप्त गर्न सक्दछन्।  

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र सिप्रडी ट्रेडिङ्गका तर्फबाट महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका छन्। बैंका देशभर रहेको ७० शाखाबाट नै सो कर्जा सुबिधा उपलब्ध छ।

 

 

 

प्रकाशित: १ माघ २०७७ ०९:४३ बिहीबार

हिमालयन बैंक