अर्थ

महिला उद्यमी महासघंको “मेरो सहयोग उद्यमशिलता विकास” कार्यक्रम सुरु

महिला उद्यमी महासघंले “मेरो सहयोग उद्यमशिलता विकास” भन्ने नाराका साथ महिला उद्यमशिलता कोष सुरु गरेको छ।

महासंघको १७ औं वार्षिक साधारण सभाबाट उक्त कोषको सुरुवात गरिएको हो। “कर्पोरेट सामाजिक उत्तरदायित्वमा आधारित महिला उद्यमशिलता कोषको सुरुवात गरिएको महासंघकी अध्यक्ष रिता सिम्हाले बताइन। यस कोषमा जम्मा भएको रकम महिलाहरुको उद्यमशिलता विकास, बजारीकरण, संकलन केन्द्र, व्यापार प्रवद्र्धन निर्यात तथा रोजगार सृर्जना गर्नमा खर्च गरिने पनि उनले जानकारी दिइन्। सो अवसरमा संस्थाका विभिन्न सदस्यहरुले सो कोषमा रकम योगदान गर्ने प्रतिवद्दता जनाएका थिए।  

सो अवसरमा महांसघकी महासचिव सुनिता वैद्य श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। जसमा महासघंले अवलम्वन गरेका कोभिड १९ विरुद्धको प्रतिकार्यहरुको महिला उद्यमी लक्षित कार्यक्रम तथा परियोजना अन्र्तगतका विभिन्न क्रियाकलापहरुको विवरण प्रस्तुत गरिएको थियो। साधारण सभाले महांसघकी कोषाध्यक्ष महालक्ष्मी श्रेष्ठले प्रस्तुत गरेको आ.ब २०७६/०७७ को आर्थिक कारोवार तथा आय व्यय विवरणको आर्थिक प्रतिवेदनमाथि छलफल गरेर पास गरेको छ। सो अवसरमा १० औं इन्टरप्राइज पुस्तकको विमोचन गरिएको थियो।  

यस वर्षको उत्कृष्ट जिल्ला सघं पुरस्कार  क्रमशःझापा, चितवन, पाल्पा र ईलामलाई प्रदान गरिएको छ। त्यस्तै महासघंको उत्कृष्ट सदस्य पुरस्कारद्धारा सरोजनी शेरचनलाई र उत्कृष्ट कर्मचारी पुरस्कारमा राजु राईलाई सम्मानित गरिएको छ।

 

 

 

 

प्रकाशित: २८ पुस २०७७ १३:०६ मंगलबार

महिला उद्यमी