अर्थ

तीन वर्षपछि यति कार्पेट पुनः बजारमा

केडिया अर्गनाइजेसनको उत्पादन यति कार्पेट पुनः बजारमा आएको छ। आगलागीका कारण बन्द भएको कम्पनीले फेरि उत्पादन सुरु गरेको हो। करिब तीन दशकको अवधिमा नेपालीको मन जित्न सफल भएको यति कार्पेट अहिले विभिन्न विभिन्न डिजाइन तथा रङ्गहरुमा बजारमा आएको छ।  

यति कार्पेटले आफ्नो उत्पादनलाई विगतको भन्दा तीन गुणा बढाएको समेत जनाएको छ। कम्पनीले विश्वको उत्कृष्ट जर्मन प्रविधिबाट उत्पादन गरिने भएकाले यति कार्पेट गुणस्तरयुक्त रहेको दाबी गरेको छ।

‘आज कुनैपनि कार्पेट पसलमा ग्राहकहरु यतिको सामान माग्दै आइरहेको यस अवसरमा हामीले सुरुवाती उत्पादनदेखि नै ग्राहकमुखी गुणस्तर र एकरुपताको निरन्तरतालाई अँगालेका छौं।’ केडिया अर्गनाइजेसनका अध्यक्ष अनिल केडियाले भनेका छन्,‘यति कार्पेटले हर घरको शोभा बढाउँछ र घरलाई सुन्दर र सफा बनाउँछ, यही नै यति कार्पेटको अमूल्य पहिचान हो।’

यति फलोरिङ्ग नेपालकै सबैभन्दा पहिलो र ठूलो कार्पेट उत्पादक कम्पनी हो। २०७४ असार ३ गते राति कार्पेट उद्योगमा लागेको आगलागीका कारण केमिकल, डिजेल, फाइबर र तयारी कार्पेट जलेर नष्ट भएको थियो। आगलागीपछि कम्पनीको उत्पादन रोकिएको थियो।  

प्रकाशित: २३ पुस २०७७ १२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App