अर्थ

बैंकको प्राथमिकता बोनस सेयरमा

सञ्चालनमा रहेका २७ मध्ये २५ वाणिज्य बैंकले आर्थिक वर्ष ०७६/७७ को लाभांश घोषणा गरेका छन्। ती सबैले बोनस सेयरलाई प्राथमिकता दिएका छन्। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य र सिभिल बैंकको लाभांश घोषणा हुन बाँकी छ।  

२५ वाणिज्य बैंकले गत वर्षको नाफाबाट ३८ अर्ब ४६ करोड रूपैयाँ बराबरको लाभांश ९नगद र बोनस सेयरसहित० दिने प्रस्ताव गरेका छन्। प्रस्तावित लाभांशमध्ये ३० अर्ब ७९ करोड रूपैयाँ बराबर बोनस सेयर र सात अर्ब ६७ करोड रूपैयाँ नगद हो।  

यो वर्ष नेपाल राष्ट्र बैंकले बोनस सेयर वितरणमा प्रोत्साहन गरेको छ। राष्ट्र बैंकले कुल लाभांशको ३० प्रतिशतभन्दा बढी नगद लाभांश दिन नपाउने व्यवस्था गरेको छ। अघिल्लो वर्ष वाणिज्य बैंकहरूले ४६ अर्ब २८ करोड रूपैयाँ लाभांश बाँडेका थिए। त्यतिखेर ४५ प्रतिशत हाराहारी बोनस सेयर र बाँकी नगद थियो।

गत वर्षको कमाइबाट बैंकहरूले ७.५ देखि ३५.२६ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्। अहिलेसम्म लाभांश घोषणा गरेका बैंकहरूको औसत प्रतिफल १३.६४ प्रतिशत हो। यसमा ११.०२ प्रतिशत बोनस सेयर र २.६२ प्रतिशत नगद छ।  

नबिल बैंकले सबभन्दा बढी लाभांश दिँदैछ। यसले ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद दिने घोषणा गरेको छ। यसले गत वर्ष ३४ प्रतिशत लाभांश दिएको थियो। गत वर्षको आम्दानीबाट राम्रो लाभांश घोषणा गरेको अर्को बैंक एनआइसी एसिया हो। यसले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ, जसमा १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांश छ। यसले पोहोर १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद दिएको थियो।  

हिमालयन बैंकले १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद दिँदैछ। यसले गत वर्ष १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद दिएको थियो।अघिल्लो वर्ष १०.५ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद दिएको नेपाल इन्भेस्टमेन्ट बैंकले यसपालि १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद दिँदै छ।  

अघिल्लो वर्ष ३५ प्रतिशत दिएको एनएमबि बैंकले यसपालि १३ प्रतिशत बोनस सेयर र ३.२ प्रतिशत नगद दिँदैछ। एनएबमिले अघिल्लो वर्ष २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद दिएको थियो।‘क’ वर्गको जनता बैंकलाई गाभेर सर्वाधिक चुक्ता पुँजी बनाएको ग्लोबल आइएमई बैंकले १४ प्रतिशत बोनस सेयर र दुई प्रतिशत नगद दिने जनाएको छ। यसले अघिल्लो वर्ष १२.५० प्रतिशत बोनस तथा त्यत्ति नै नगद लाभांश दिएको थियो।

बैंक अफ काठमाण्डूले १३ प्रतिशत बोनस सेयर र तीन प्रतिशत नगद दिने जनाएको छ। गत वर्ष यसले ६ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद दिएको थियो।सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले १२ प्रतिशत बोनस सेयर र चार प्रतिशत नगद दिनेछ। गत वर्ष यो बैंकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिएको थियो।  

लामो समयदेखि राम्रो प्रतिफल दिँदै आएको कृषि विकास बैंकले यो वर्ष १५ प्रतिशत बोनस सेयर र ०।७८ प्रतिशत नगद दिँदैछ। गत वर्ष यसले ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद दिएको थियो।

त्यस्तै, सिद्धार्थ बैंकले १२ प्रतिशत बोनस सेयर र तीन प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। सिद्धार्थले गत वर्ष १० प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद दिएको थियो।प्राइम कमर्सियल बैंकले १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। यसका सेयरधनीले बोनस सेयरमा लाग्ने कर भने आफैंले बुझाउनुपर्नेछ। अघिल्लो वर्ष प्राइमले १६ प्रतिशत बोनस सेयर दिएको थियो।

सानिमाले १० प्रतिशत बोनस सेयर र ३।६ प्रतिशत नगद प्रस्ताव गरेको छ। गत वर्ष यसले १० प्रतिशत बोनस सेयर र ११।०५ प्रतिशत नगद दिएको थियो।त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले सात प्रतिशत बोनस सेयर र ४.८४ प्रतिशत नगद दिने घोषणा गरेको छ। अघिल्लो वर्ष यसले २२.५ प्रतिशत नगद दिएको थियो।  

लक्ष्मी बैंकले ९.५ प्रतिशत बोनस सेयर र दुई प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। लक्ष्मीले पोहोर १० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद दिएको थियो। सिटिजन्स बैंकले आठ प्रतिशत बोनस सेयर र तीन प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। अघिल्लो वर्ष यसले तीन प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद दिएको थियो।

एनसिसी बैंकले १०।२६ प्रतिशत बोनस सेयर र ०.५४ प्रतिशत नगद दिँदैछ। उक्त बैंकले अघिल्लो वर्ष १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद दिएको थियो। एभरेस्ट बैंकले पाँच प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद दिँदैछ। एभरेस्टले गत वर्ष पाँच प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद दिएको थियो।  

प्रभु बैंकले १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद दिने जनाएको छ। प्रभुले पोहोर १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद दिएको थियो।माछापुच्छ्रे बैंकले ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांश दिनेछ। पोहोर यसले पाँच प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद दिएको थियो।  

उता नेपाल एसबिआई बैंकले ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद लाभांश दिँदैछ। यसले गत वर्ष ६ प्रतिशत बोनस सेयर र १०.८४ प्रतिशत नगद दिएको थियो।नेपाल बंगलादेश बैंकले ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद प्रस्ताव गरेको छ। अघिल्लो वर्ष यसले पाँच प्रतिशत बोनस सेयर र सात प्रतिशत नगद दिएको थियो।

सनराइज बैंकले ५.८ प्रतिशत बोनस सेयर र २.४८ प्रतिशत नगद प्रस्ताव गरेको छ। यसले अघिल्लो वर्ष पाँच प्रतिशत बोनस सेयर र सात प्रतिशत नगद दिएको थियो।मेगा बैंकले १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगद दिनेछ। मेगाले अघिल्लो वर्ष ११.७५ प्रतिशत नगद लाभांश दिएको थियो।

गत वर्ष १०.५२ प्रतिशत प्रतिफल दिएको कुमारी बैंकले यसपटक १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद प्रस्ताव गरेको छ। सेञ्चुरी कमर्सियल बैंकले पाँच प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद प्रस्ताव गरेको छ। यसले पोहोर दुई प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद दिएको थियो।

प्रकाशित: १० पुस २०७७ ०३:१२ शुक्रबार