अर्थ

सरकारलाई उखु किसानको जवाफ : भुक्तानी निश्चित नहुँदासम्म सडकमै बस्छौं

उखु उत्पादक किसानले बक्यौता रकम भुक्तानी गर्ने सुनिश्चित नभएसम्म आफूहरू वार्तामा नबस्ने बताएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पठाएको पत्रको जवाफमा उखु किसान संघर्ष समिति सर्लाहीले दुइटा सर्त राख्दै त्यसमध्ये एउटामा सरकार सहमत भए मात्र वार्तामा बस्ने जानकारी गराएको हो।  

सर्त यस्ता छन् :

१. उद्योग मन्त्रालयले उद्योगीहरूबाट कुन मितिसम्म भुक्तानी गराउने, त्यो मिति अवधिसम्म हामी पीडित किसान साथीहरू सडकमै रही शान्तिपूर्ण ढंगले आन्दोलन गर्नेछौं।  

२. प्रधानमन्त्री राहत कोष वा अन्य कुनै राज्य कोष छ भने त्यस कोषबाट किसानहरूलाई बाँकी बक्यौता रकम भुक्तानी गरियोस् र त्यो सम्पूर्ण रकम उद्योगीहरूबाट सरकारले ब्याजसहित असुल उपर गरी भुक्तानी गरियोस्।  

यस्ताे छ पत्र-

प्रकाशित: २ पुस २०७७ ०९:१७ बिहीबार

आन्दोलन भुक्तानी उखु किसान