अर्थ

भक्तपुरमा ठूलो लगानीमा इको प्यानल उद्योग खुल्दै

भक्तपुरको चाँगुनारायण नगरपालिका झौखेलमा खुल्न लागेको नेपालकै ठूलो इको प्यालन उद्योग स्थापनाका लागि तयारी गर्दै । कम्पनीले बैशाखदेखि उत्पादन थाल्ने जनाएको छ । तस्बिर : कृष्ण किसी

झण्डै दस करोड लगानीमा भक्तपुरमा नेपालकै ठूलो इको प्यानल (इटाको विकल्पमा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने) उत्पादन उद्योग सचालनमा आउने भएको छ। २०७८ वैशाखदेखि उत्पादन सुरु गर्ने योजनाका साथ इको प्यानल नेपालले अहिले धमाधम काम गरिरहेको छ।  

भक्तपुरको चाँंगुनारायण नगरपालिका झौखेलको १० रोपनी जमिन लिजमा लिई अहिले त्यहाँं निर्माणको कामहरु भइरहेको हो। अहिले त्यहाँं वेयर हाउस (मेशिन राख्ने ठाउँ) को निर्माण कार्य भइरहेको छ।  

इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले चीनबाट आवश्यक मेसिन ल्याउने सम्झौता भइसकेको जानकारी गराए। उद्योगका लागि आवश्यक मेसिन ल्याउनका लागि चीनको फुजियानस्थित एस एल मेसिनरी म्यानफ्याक्चरर कम्पनी लिमिटेडसँंग मेसिन खरिद गर्न र स्थापनाका लागि सम्झौता भइसकेको जानकारी सीईओ इन्जिनियर दुवालले गराए।  

उद्योगले विभिन्न इको प्यानलहरुको उत्पादन गर्नेछन्। इपीएस, बालुवा, सिमेन्ट र दुईतिर क्याल्सिएम सिल्केट बोर्ड राखेर इको प्यानल उत्पादन हुने जनाइएको छ। साथै कम्पनीले नेपालमै पहिलो पटक इनोभेटिभ इको प्यानल एरेटेड स्यानवीच इको प्यानल (दुईतिर साढे चार एमएमको क्याल्सिएम सिल्केट वोर्ड र बीचमा बालुवा सिमेन्ट र विशेष प्रकारको हलुका बनाउने केमिकल मिसाएर) बनाइने दावी गरेको छ। जसलाई चलनचल्तीको भाषामा एरेटेड स्यानबीच इको प्यानल पनि भनिन्छ।

इको प्यानल उद्योगका धेरै विशेषताहरुमध्ये एउटा विशेषता क्लिन इनर्जीको मात्रै प्रयोग हुने जनाइएको छ। इको प्यानल उत्पादनका लागि शतप्रतिशत क्लिन इनर्जी मात्रै प्रयोग गर्ने कम्पनीले जनाएको छ अर्थात् इको प्यानलको उत्पादनमा डिजेललगायतका प्रयोग नगरी विद्युतको मात्रै प्रयोग गर्ने जनाएको हो।  

कम्पनीको वार्षिक क्षमता पाँंच लाख वर्ग मिटर इको प्यानल उत्पादन गर्ने रहेको छ। यसका लागि आवश्यक तयारीहरु तीव्र गतिमा धमाधम भइरहेको जनाइएको छ। सस्टेनेवलिटी इन कन्सटक्सन टेक्नोलोजी (निर्माण प्रविधिमा दीगोपना) नाराका साथ कम्पनीले आफ्नो उत्पादन थाल्ने जनाएको छ।  

निर्माण सामग्रीको दुनियाँंमा पछिल्ला वर्षहरुमा विभिन्न नयाँंनयाँं निर्माण सामग्रीहरु उत्पादन भइरहेका छन्। यस क्रममा इको प्यानल पनि एक हो। इटाको विकल्पमा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा इको प्यानलको प्रयोग हुन्छ। हलुका, भूकम्प प्रतिरोधी हुनुलगायतका यसका मुख्य विशेषताहरु हुन्।

प्रकाशित: ३० मंसिर २०७७ ०७:०८ मंगलबार