अर्थ

घोरेपानीका होटल पुस १ गतेदेखि खुल्ने

पर्यटकीय क्षेत्र घोरेपानी

जिल्लाको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–६,घोरेपानीका होटल पुस १ गतेदेखि खुल्ने भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम बढ्दै गएपछि ९ महिनादेखि बन्द भएका होटल तथा रेष्टुरेन्ट आवश्यक सुरक्षा मापदण्ड अपनाई संचालनको तयारीमा रहेको व्यवसायीले बताएका छन् ।  

घरायसी रुपमा चलाइएका बाहेक अन्य होटलका मजदुर समेत काममा फर्किन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि खुल्ला गर्ने निर्णय भएको पर्यटन ब्यवसायी टेकसर बुदुजा पुनले बताए । ‘जनस्वास्थ्यका सबै मापदण्डको प्रयोग हुन्छ,‘ अब पर्यटकलाई स्वागत गर्न आतुर छौ’ पुनले भने । घोरेपानी तथा आसपासका क्षेत्रमा रहेका होटल लामो समयसम्म बन्द हँदा व्यवसायी थप आर्थिक संकटमा पर्ने भएकाले सरकारले तोकेको मापदण्ड पालना गरेर खुलाउने तयारी भएको उनले बताए । चिसो मौसममा पर्यटकको आगमन न्यून हुने भएपनि हिमपातमा रमाउन  आन्तरिक पर्यटकहरुको चाप बढ्ने पर्यटन ब्यवसायीको अनुमान छ ।  

लामो दूरीका सवारीसाधन, आन्तरिक तथा बाह्य हवाइ उडानमा यात्रुको चहलपहल हुन थालेपछि पर्यटन ब्यवसाय पनि चलायमान हुन थालेको छ । कोरोनाको महामारी नसकिएको अवस्थामा अन्नपूर्ण गाउँपालिकाले पर्यटकमार्फत कोरोना भित्रन सक्ने कारण देखाउँदै गाउँपालिकाभित्रका पर्यटकीयस्थलमा आवतजावतमा रोक लगाएको थियो । यसअगाडी घोरेपानीमा भित्रिएका दुई चिनियाँ पर्यटकलाई उद्धार गरी क्वारेन्टाइनमा राखिएको थियो । घोरेपानीको होटल खुलेसँगै अन्नपूर्णका सबै पर्यटकीयस्थलका होटल खोल्न समेत गाउँपालिकालाई दवाव परेको छ ।

समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलबाट मनोरम हिमश्रृखला, सुर्योदयको अवलोकनका साथै मगर जातीको संस्कृती र रहनसहन, विविध प्रजातीका पशुपंक्षी,वनस्पती यहाँको प्रमुख आर्कषण मानिन्छन् ।  जिल्लामा भित्रिने पर्यटकको कुल संख्या मध्ये घोरेपानीमा ६० देखी ७५ प्रतिशत पर्यटक अन्नपुर्ण पदमार्ग अन्र्तरगत घोरपानी, पुनहिलमा पुग्ने गरेका छन् । कास्कीको पोखरा–नयाँपुल,घान्दु्रक, म्याग्दी सदरमुकाम वेनी–तातोपानी, घारा, शिख हुदै र नागी–महरेडाँडा, पोखरेबगर–पाँउद्धार शिख लगाएत नयाँ पदमार्गबाट समेत घोरेपानीमा पुग्छन् ।

प्रकाशित: २९ मंसिर २०७७ ०६:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App