अर्थ

महासंघको कोषाध्यक्षमा हिराचन

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । निर्वाचित कार्यकारिणी समिति सदस्यमध्येबाट कोषाध्यक्ष चुन्ने महासंघको विधानमा भएको व्यवस्था अनुसार मतदानबाट हिराचन कोषाध्यक्ष चुनिएका हुन् ।

महासंघका अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पक्षबीच सहमति नभएपछि निर्वाचनबाट कोषाध्यक्ष चयन गरिएको हो । कोषाध्यक्षमा हिराचनसँग डिबी बस्नेतले प्रतिस्पर्धा गरेका थिए । हिराचनले ४० र बस्नेतले ३१ मत प्राप्त गरे । 

यसैगरी, महासंघले विशिष्ट सदस्यमा पशुपति मुरारका र मानार्थ सदस्यमा किशोर प्रधानलाई मनोनयन गरेको छ । गोल्छाले विशिष्ट सदस्यमा पूर्वअध्यक्ष मुरारकालाई मनोनित गरेका हुन् ।

प्रकाशित: १६ मंसिर २०७७ ०५:१४ मंगलबार

नेपाल उद्योग वाणिज्य महासंघ