अर्थ

त्रिभुवन विमानस्थलमा एनसेल सेन्टर

एनसेल आजियाटा लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।

उक्त सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाका बारेमा सोधपुछ गर्न, सिमखरिद गर्न, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवा लिन सक्ने कम्पनीले जनाएको छ । त्यहाँबाट सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सियुजी नम्बरको आवश्यक फेरबदल गर्ने, बिजप्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायत अन्य ग्राहक सेवासमेत पाइने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १२ मंसिर २०७७ ०३:५८ शुक्रबार

एनसेल आजियाटा एनसेल सेन्टर त्रिभुवन विमानस्थल