अर्थ

गोल्छा समूहद्वारा प्राथमिकता छनोट

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४औं साधारणसभा र निर्वाचनको तयारी अनुसार शेखर गोल्छा समूहअन्तर्गत वस्तुगत तर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठसहितको टिमले निर्वाचनपछि आफ्नो प्राथमिकताका विषय छनोट गरेको जनाएको छ ।  

उक्त प्यानलले निर्वाचन प्रक्रिया सुरु हुनुअघि नै विभिन्न वस्तुगत संघका समस्या र चुनौती छनोट गरी त्यसलाई लिपिबद्ध गर्ने प्रयासस्वरूप त्यसलाई दस्तावेजको रूपमा संकलन गर्न पुस्तक नै तयार गरेर अघि बढेको जनाएको छ ।

उक्त पुस्तकमा सबै वस्तुगत संघका समस्या, अवसर र आगामी दिनमा पूरा गर्नुपर्ने विषय छनोट गरी विभिन्न वस्तुगत संघलाई चार भागमा विभाजन गरी समस्या पहिचान गर्ने प्रयास भइरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १० मंसिर २०७७ ०४:२७ बुधबार

नेपाल उद्योग वाणिज्य महासंघ शेखर गोल्छा समूह