अर्थ

करदाता सम्मानित

खोटाङको सालपा विकास बैंकलाई जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गर्ने करदाताकारूपमा सम्मान गरिएको छ । आर्थिक वर्ष २०७५/७६ मा खोटाङबाट सबैभन्दा बढी कर दाखिला गरेकामा बैंकलाई आन्तरिक राजस्व कार्यालय लहानले कदर स्वरूप सम्मान गरेको हो ।  

‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन ः विकास, सम्वृद्धि र सुशासन’ भन्ने नारासहित करदाता सेवा कार्यालय खोटाङले आयोजना गरेको ९ औं राष्ट्रिय कर दिवस समापन कार्यक्रमको अवसरमा सालपा विकास बैंकलाई सम्मान गरिएको हो ।  

करदाता सेवा कार्यालयको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले सालपा विकास बैंकका विभागीय प्रमुख दिपकर राईलाई सम्मान–पत्र प्रदान गरेका हुन् । विगतका वर्ष विभिन्न कार्यक्रम गर्दै कर सप्ताह मनाउने गरिएकामा यस वर्ष कोभिड–१९ को महामारीका कारण धुमधामका साथ कार्यक्रम गर्न नसकिएको करदाता सेवा कार्यालय खोटाङका कर अधिकृत गोपाल राईले बताए ।

प्रकाशित: ९ मंसिर २०७७ ०३:२९ मंगलबार

करदाता सम्मानित