अर्थ

बेरोजगार बनेका व्यक्तिले वडा कार्यालयमा सम्पर्क गर्नू, रोजगारी दिन्छौं : काठमाडौं महानगरपालिका

कोरोना महामारीका कारण रोजगारी गुमेका काठमाडौं महानगरवासीलाई स्थानीय सरकारले रोजगारी दिने भएको छ।  

त्यसका लागि आफ्नो क्षेत्रमा पर्ने वडा कार्यालयमा सम्पर्क गर्न काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ।  

सार्वजनिक सूचना जारी गर्दै महानरपालिकाले महानगरवासीलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराउन लागिएको जानकारी दिएको हो।  

साथै असहाय, अशक्त तथा काम गर्न नसक्ने नागरिकलाई भने खान, बस्न र उपचारका लागि मानव सेवा आश्रममा व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ।  

यसैगरी आगामी मंसिर २ गतेदेखि सार्वजनिक स्थलमा खाना खुवाउने कार्यमा रोक लगाइएकाले अन्य बन्द संरचनाभित्र स्वास्थ्य मापदण्ड पालना गरी भोजन सेवा सञ्चालन गर्न सम्बन्धित सामाजिक संघ’संस्थालाई महानगरपालिकाले अनुरोध गरेको छ।  

प्रकाशित: २८ कार्तिक २०७७ ११:२६ शुक्रबार

काठमाडौं महानगरपालिका बेरोजगार