अर्थ

दराजको अफर

अनलाइन बजार दराजले लाइभ अनौस्मेन्टू कार्यक्रममार्फत दराज ११/११ को तेस्रो संस्करण कात्तिक २६ देखि सञ्चालन गर्ने भएको छ । कम्पनीले आइतबार प्रेस विज्ञप्ति जारी गरी यस वर्षको ११/११ को सेलमा ग्राहकले विशेष छुट पाउनुको साथै आठ लाख बराबरको टिभिएस अपाचे आरआर ३१० पुरस्कार

जित्ने जनाएको छ । दराजले नबिल, सानिमा, एनआइसी एसिया, ग्लोबल आइएमई, एनएमबी, मेगा, नेपाल बंगलादेश, कुमारी, लक्ष्मी, सेन्चुरी र हिमालयन बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानीमा छुट पाउने जनाएको छ ।  

ग्राहकले दराजमा इसेवा वालेटमार्फत भुक्तानी गर्दा छुट पाउने जनाएको छ । दराजले ११/११ को अवसरमा ग्राहकले विशेष लन्चको रूपमा सामसङ ग्यालेक्सी एस ट्वेन्टी एफई ६९ हजार ९ सय ९९ पाउने जनाएको छ । सो सहहित अन्य अन्य ब्रान्डका सममान समेत विशेष छुट पाउने जनाएको छ । दराजले एमआई, फिटबिट, सोनी, भ्यांस, वर्लपुल, टाइटन, कोलम्बिया, मिचा, गोल्डस्टार, जुआस, होमग्लोरी, आमाइरा, फेसनहाउस, न्यू ब्यालेन्स, टिभियस जस्ता ब्रान्डमा पनि छुट पाउने जनाएको छ।

प्रकाशित: २४ कार्तिक २०७७ ०५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App