अर्थ

सिद्धि बिनायकले ल्यायो कोरियन फ्लेवरको ‘समुराई’ चाउचाउ

नवलपरासीको रामग्राममा रहेको सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिले कोरियन फ्लेवरको चाउचाउ बजारमा ल्याएको छ। कोरियन तयारी चाउचाउको माग बढेपछि सूपथ मुल्यमा कोरियन फ्लेवरको चाउचाउ उत्पादन थालिएको सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिका अध्यक्ष उज्वल कसजुले बताए।  

कम्पनीले लामो समयको अनुसन्धान पछि समुराई गोउरेन्टस् स्पाईसी चाउचाउ उत्पादन गरेर बजारमा ल्याएको हो। सिंगापुर, चिन र भारतबाट अन्तर्राष्ट्रिय गुणस्तरका कच्चापदार्थ आयात गरेर उच्च गुणस्तर, मिठो स्वाद र सस्तो मुल्यमा कोरियन स्वादको समुराई नुडल्स बजारमा ल्याईएको उद्योगका अध्यक्ष कसजुले बताए।

कोरियन स्पाईसी नुडल्सको स्वाद उपभोक्ताले मन पराउने कम्पनीले विश्वास गरेको प्रालिका प्रवन्ध निर्देशक अभिषेक श्रेष्ठले बताए। १ २० ग्रामको कोरियन स्पाईसी नुडल्सको मुल्य नेपाली बजारमा १५० रुपैंया छ। सोही अनुसार ७५ ग्रामको समुराई नुडल्सको ३० रुपैंया मुल्य निर्धारण गरिएको कम्पनीका व्यवस्थापक हरिवंश भुजेलले बताए। नेपाली उपभोक्ताले सुपथ मुल्यमा कोरियन स्वाद लिन पाउने गरी कम्पनीले सुभल मुल्य निर्धारण गरिएको उनले बताए।  

सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिबाट उत्पादित समुराई नुडल्सको आधिकारिक डिष्टिव्यूटर्सको जिम्मा बुटवल संगमपथमा रहेको ‘यु एण्ड यु’ ईन्टरनेशनलले लिएको छ। कम्पनीले उत्पादन गरेको समुराई नुडल्स सोमबार देखि बजारमा पठाईएको यु एण्ड यु ईन्टरनेशनले जनाएको छ। 

प्रकाशित: ३ कार्तिक २०७७ १२:१४ सोमबार