अर्थ

जिप कम्पासको डिजेल अटोमेटिक एसयुभी सार्वजनिक

नेपालका लागि अमेरिकी ‘आइकनिक ब्रान्ड’ जिपको आधिकारिक बिक्रेता एमएडब्लू लाइफले आफ्नो लोकप्रिय ट्रिम लिमिटेड प्लसमा ९–स्पिड डिजेल अटोमेटिक ट्रान्समिसन भएको नयाँ कम्पास भेरियन्ट सार्वजनिक गरेको छ। अल ह्विल ड्राइभ भएको नयाँ कम्पासमा बिएस६ कम्प्लायन्ट २.० लिटरको ४ बाई ४ डिजेल अटोमेटिक इन्जिन छ जसले अधिकतम १७३ पिएस पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ।  

कम्पनीका अनुसार नयाँ कम्पास लिमिटेड प्लस डिजेल अटोमेटिक ‘एजायल, क्विक र पावरफुल एसयुभी’ हो जसले विकट भौगोलिक बनोट भएको अफरोडमा मात्र होइन घना बस्ती भएको सहरी क्षेत्रका सडकमा हुने भीडभाड, खाल्डाखुल्डी, अव्यवस्थित निर्माण कार्य, बोटलनेकहरु र त्यसले उत्पन्न गर्ने ट्राफिक जाममा पनि आरामदायी ‘ड्राइभिङ एक्सपिरियन्स’ दिलाउने कम्पनीको दाबी छ। त्यसैले, नयाँ कम्पास डिजेल अटोमेटिकलाई ‘द अर्बान अफरोडर’ भनी पोजिसनिङ गरिएको छ। यो ‘९–स्पिड डिजेल अटोमेटिक’ र ‘४ बाई ४ क्यापाबिलिटी’ दुवै भएको क्लासकै पहिलो एसयुभी हो।

नयाँ कम्पास लिमिटेड प्लस डिजेल अटोमेटिकमा क्र्युज कन्ट्रोल, डुअल पेन पानोरामिक सनरुफ, प्लस लेदर इन्टेरियर, भ्वाइस कन्ट्रोलसहितको ८.४ इन्च यू कनेक्ट इन्फोटेनमेन्ट सिस्टम, ८ वे पावर्ड ड्राइभर सिट, अटो हेडल्याप्म, रेन सेन्सिङ वाइपर, अटोडिमिङ आइआरभिएम, १८ इन्चको एलोई ह्विल र ६ वटा एअर ब्याग छन्।  

साथै, यसमा प्यासिभ इन्ट्री, पुस–बटन स्टार्ट, डुअल जोन एअर कन्डिसनिङ, टु–टोन इन्टेरियर पनि रहेको विज्ञप्तिमा उल्लेख छ। यसको सेलेक टेरेनमा अटो, स्यान्ड, मड र स्नोसहित अलह्विल ड्राइभ सिस्टम पनि छ। कम्पासको यो टप–एन्ड मोडलको मूल्य एक करोड १८ लाख ९० हजार तोकिएको छ।

प्रकाशित: २६ आश्विन २०७७ ०४:१२ सोमबार

जिप कम्पास डिजेल अटोमेटिक एसयुभी