अर्थ

एलजी सोपी र सिजी डिजिटलको उपहार, चार सय पाँच रूपैयाँसम्म नगद छुट

एलजी सोपी तथा सिजी डिजिटल सोरुमको ‘दसै तिहार उपहार’ योजना सार्वजनिक भएको छ। योजनाअन्तर्गत एलजी, सिजी, टिसिएल तथा गोदरेज ब्रान्डका कुनै पनि सामान एलजी सोपी तथा सिजी डिजिटल सोरुमबाट खरिद गर्दा चार सय पाँच रूपैयाँसम्म नगद छुट हुने कम्पनीले जनाएको छ। 

योजनाअन्तर्गत अन्य थुप्रै पक्का उपहारसमेत छन्। साथै लक्की ड्रमा सहभागीभई बम्पर उपहारमा ५५ इन्चको युएचडी टिभी तथा अन्य थुप्रै उपहार जित्ने अवसरसमेत रहेको जारी विज्ञप्तिमा उल्लेख छ। सरल किस्ताबन्दीको पनि सुविधा रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २२ आश्विन २०७७ ०२:०० बिहीबार

एलजी सोपी सिजी डिजिटल