अर्थ

बजाजको एभेन्जर स्ट्रिट १६० एबिएस, यस्ता छन् फिचर

बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बिहीबार नेपालमा नयाँ एभेन्जर स्ट्रिट १६० एबिएस भित्र्याएको छ।

नयाँ एभेन्जर स्ट्रिट १६० स्पोस्टर डिजाइनमा आउने र सहरका लागि केही भिन्न रूपमा देखापर्नेहरूका लागि बनाइएको कम्पनीको भनाइ छ। यसमा रोडस्टर डिजाइनको हेडल्याम्प छ र एलइडी डिआरएलका साथ यसले दीर्घकालीन छाप सिर्जना गर्दछ र यसमा सहर र हाइवेका लागि सहज गतिशीलता प्रदान गर्न स्ट्रिट कन्ट्रोल ह्यान्डलबारहरू पनि छन्।

यो १६०सिसी डिटिएस—आई इन्जिनद्वारा सञ्चालित छ, जसले १६०ः१५ पिएस पावर र १३।५ एनएम टर्क उत्पादन गर्छ। यसले ५ स्पिड म्यानुअल ट्रान्समिसन पनि प्रयोग गरेको छ।

प्रकाशित: १६ आश्विन २०७७ ०१:४० शुक्रबार

बजाज