अर्थ

उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर दोस्रो साता

कोभिड–१९को संक्रमणपछि पटक–पटक स्थगित भएको नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन मंसिर दोस्रो साता हुने भएको छ। महासंघको विहिबार बसेको कार्यकारिणी समितिको बैठकले आगामि मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ।  

गृह मन्त्रालयबाट स्वीकृत पाएपछि साधारण सभा गर्ने निर्णय भएको महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए। अब कोभिड–१९ का कारण कुनै स्थानीय तहले लकडाउन तथा निषेधाज्ञा गरेमा महासंघका प्रतिनिधिलाई आवातजावतमा सहजीकरण गर्ने समेत गृह मन्त्रालयले स्वीकृत दिएको छ।

प्रकाशित: १५ आश्विन २०७७ १४:०१ बिहीबार