अर्थ

एपेक्स कलेजले विद्यार्थीलाई राहत दिने

एपेक्स कलेजले २०२० को भर्नाको लागि आवेदन दिई एमबिए र एमबिए इभिनिङमा भर्ना हुने विद्यार्थीको लागि राहत घोषणा गरेको छ। कलेजले आफ्नो सामाजिक दायित्व समेतलाई ध्यानमा राख्दै ‘कोभिड १९ महामारी छुट’ घोषणा गरी सम्पूर्ण विद्यार्थीलाई ट्युसन फीमा ३० प्रतिशत छुट दिने जानकारी गराएको छ।

त्यस्तै, कलेजले ‘२०औं वार्षिकोत्सव विशेष छात्रवृत्ति’ घोषणा गरी पोखरा विश्वविद्यालयले लिने प्रवेश परीक्षा तथा अन्तर्वार्तामा योग्य एवं जेहेन्दार विधार्थीलाई शैक्षिक योग्यताको आधारमा एमबिएमा भर्ना हुने विद्यार्थी मध्ये ४० जनालाई ट्युसन फीमा बढीमा ४० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने निर्णग गरेको जारी विज्ञप्तिमा उल्लेख छ। २०२० को स्प्रिङ समेस्टरमा पनि कलेजले २०औं वार्षिक उत्सव छात्रवृत्ति घोषणा गरी एमबिए र एमबिए इभिनिङमा शीर्ष ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो। 

प्रकाशित: १२ आश्विन २०७७ ०२:५४ सोमबार

एपेक्स कलेज