अर्थ

विश्व पर्यटन दिवसमा पर्यटनमन्त्रीको शुभकामना: कालो बादलमा पनि चाँदीको घेरा हुन्छ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना महामारी छिट्टै अन्त्य हुने र ठप्प बनेको पर्यटन क्षेत्रले पुनः गति लिने विश्वास व्यक्त गरेका छन्।  

४१औं विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री पर्यटनले कालो बादलमा घेरामा चाँदीको घेरा पनि हुन्छ भनेझैं निकट भविष्यमा कोरोना महामारी नियन्त्रणमा आई नेपाली पर्यटनले गुणात्मक फड्को मार्ने आशा व्यक्त गरेका हुन्।  

‘यस परिवेशमा आएको विश्व पर्यटन दिवसका अवसरमा हामीले भौतिक रूपमा उपस्थित भई विगतमा झैं कार्यक्रम तथा जागरण अभियान सञ्चालन गर्न नभए पनि निकट भविष्यमा यस क्षेत्रको वृद्धि र विकासलाई लक्ष्य गरी सरकारी, निजी तथा नागरिक स्तरबाट सुरक्षाका मापदण्डहरू पालना गरी आन्तरिक रूपमा सम्भार, विकास, तयारीजस्ता पुनरुत्थानका कार्यहरू गरौं भन्ने अपिल गर्न चाहन्छु,’ मन्त्री भट्टराईले जारी गरेको सन्देशमा भनिएको छ। 

प्रकाशित: ११ आश्विन २०७७ ०९:०५ आइतबार

पर्यटन