अर्थ

यामाहा रे जेडआर १२५ एफआईको भर्चुअल लन्च, यस्ता छन् फिचर

यामाहा नेपालले बुधबार साँझ आयोजित एक भर्चुअल समारोहमा बहुप्रतीक्षित नयाँ यामाहा रे जेडआर १२५ एफआई लन्च गरेको छ। उक्त समारोह यामाहा नेपालको आधिकारिक युट्युब च्यानलबाट प्रिमियर गरिएको थियो।  

२०२० को यामाहा रे जेड आर १२५ एफआईमा विभिन्न कस्मेटिक अपग्रेडहरू छन्। सुविधाहरूको सन्दर्भमा यसमा वाई आकारको लेड पोजिसनिङ लाइट, नयाँ डिजिटल इन्स्ट्र्युमेन्ट क्लस्र्ट स्टप र स्टार्ट सिस्टम, स्मार्ट मोटर जेनेरेटर (आवाजरहित सुरुआतको लागि), साइड स्ट्यान्ड कटअफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टम छन्।  

समारोहमा सम्पूर्ण नयाँ यामाहा रे जेड आर १२५ एफआईको अनावरण गरिएको थियो , जहाँ दर्शकले यो नयाँ उत्पादनको बनावट र विशेषताको अनुभव गर्न पाएका थिए।  

यामाहा नेपालले सोही समारोहको दौरान सम्पूर्ण नयाँ रे जेडआर १२५ एफआईका भाग्यशाली विजेताको नाम पनि घोषणा गरेको जनाएको छ। जस अनुसार यही विशेष थ्री डी बिक्री शुभारम्भ समारोहको लागि यामाहा नेपालको वेबसाइटमार्फत आफ्नो नाम दर्ता गराउनेमध्येबाट एकजनालाई भाग्यशाली विजेता चयन गरिएको छ।  

यसैबीच, पोखरामा यो स्कुटरको बिक्री सुरु भएको छ। यामाहाको आधिकारिक बिक्रेता पोखराको नयाँबजारमा रहेको भिएडब्लू इन्टरप्राइजेज प्रालिले यामाहा रे जेडआर १२५ एफआई पोखरा ल्याएको हो। प्रालिले बिहीबार आफ्नै प्रांगणमा सो स्कुटरको लन्चिङ कार्यक्रम आयोजवना गर्दै बिक्री सुरु गरेको हो।

कार्यक्रममा पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ र हिमालयन रोडिज सिजन ३ का विजेता सुजन सुवेदीले संयुक्त रुपमा स्कुटर सार्वजनिक गरे। यामाहा रे जेडआर १२५ एफआई सबैभन्दा छिटो पिकअप लिने स्कुटर भएको प्रालिका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले जानकारी दिए।  

प्रालिले दसैंतिहारको अवसरमा स्कुटर खरिदमा ६ हजार क्यास डिस्काउन्ट दिने जनाएको छ। साथै एक्सचेन्ज गर्दा प्रचलित मूल्यभन्दा १५ हजार थप मूल्यांकन गरी एक्सचेन्ज अफर दिने श्रेष्ठले बताए।

प्रकाशित: ९ आश्विन २०७७ ०७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App