अर्थ

नेपालमा टिभीएस एनटर्क १२५ छोटो समयमै सफल

‘नाडा अटो शो २०१८’ मा पहिलो पटक सार्वजनिक भएको टिभीएस एनटर्क १२५ सीसीले छोटो समयमै नेपालमा सर्वाधिक सफल स्कुटरको रुपमा स्थापित गरेको छ।  जगदम्बा मोटर्सले भर्चुअल कार्यक्रम गर्दै टिभीएस एनटर्क १२५ नेपाल मा सर्वाधिक सफल स्कुटर बन्न सफल भएको जानकारी गराएको हो।  

भर्चुअल कार्यक्रममा टिभीएस एनटर्क १२५ का ब्राण्ड एम्बेसेडर अभिनेता प्रदीप खड्का र अभिनेत्री स्वस्तिमा खड्काको पनि उपस्थित रहेका थिए।  ग्राहकका इच्छा र चाहाना अनुरुप छोटो समयमा नेपालमा सफलता प्राप्त गरेको छ।  

जगदम्बा मोटर्सले नेपालमा नै पहिलो स्मार्ट कनेक्ट सहितको पावरफुल स्कुटर भित्र्याएको थियो। हाल यो स्कुटर विभिन्न ३ भेरियन्टमा उपलब्ध रहेको छ। ड्रम ब्रेक, डिस्क ब्रेक र रेश एडिशन गरि तीन भेरियन्टमा रहेको यो स्कुटर महिलाका लागि नभएर युवा तथा जुनसुकै उमेर समुहका चालकलाई सुहाउँदो रहेको छ।

भारतमा स्कुटर अफ दि इयर अवार्ड, अटो कार अर्वाड, वेष्ट कम्युटर टु ह्वीलर अवार्ड जस्ता विभिन्न अवार्ड जित्न सफल रहेको एनटर्क रेसिङ्ग डिएनएबाट प्रेरित रहेको छ।

नेपालमा १२५ सीसी सेग्मेन्टमा सर्वाधिक सफल स्कुटर एनटर्क १२५ सीसी सेग्मेन्टका अन्य स्कुटरको तुलनामा धेरै फिचर, बढी पावर तथा आर्कषक आवरणका कारण चर्चामा रहँदै आएको छ।  

एनटर्क १२५ को सफलतामा जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवाल भने, ‘सेग्मेन्टमै सर्वाधिक फिचर र टीभीएसको नयाँ डिजाइनले एनटर्क १२५ लाई सफल बनाएको हो। यसको पावर र डिजाइनले अधिकाशंलाई लोभ्याउने किसिमको छ।’

यसमा सेग्मेन्टमा नै पहिलो स्मार्ट कनेक्ट फिचर दिएको छ, जसमा चालकलाई हेल्मेट वार्निङ, ब्लुटुथ कनेक्ट, कल अर्लट, एमएस अर्लट, जीपीएस, टन वाइ टर्न नेभिगेशन जस्ता कि फिचर रहेको अग्रवालको भनाई छ।

प्रकाशित: ८ आश्विन २०७७ १२:०९ बिहीबार