अर्थ

ब्ल्याक प्लस डेकरका सामान बजारमा

चौधरी ग्रुप अन्तर्गतको सिजी इम्पेक्सले अमेरिकी ब्रान्ड ब्ल्याक प्लस डेकरका घरायसी सामान नेपाली बजारमा ल्याएको छ ।

कम्पनीले अनलाइन प्रविधिबाट प्रेस कन्फ्रेन्स गरी ती सामान नेपाल ल्याएको जानकारी गराएको छ । कार्यक्रममा सिजी इम्पेक्सका वरिष्ठ अधिकारी र ब्ल्याक प्लस डेकर इन्डियाबाट कम्पनीका साउथ एसिया निर्देशक निलान्जन भट्टचार्य, अमित राटौरी (प्रमुख इक्सपर्ट) ले सिजी इम्पेक्स र ब्ल्याक प्लस डेकोरबीचको साझेदारीबारे बोलेका थिए ।

इम्पेक्सले बजारमा ल्याएको सामानमा स्टिम आइरन, ग्राइन्डर मिल्स, राइस कुकर, गार्मेन्ट स्ट्रिमर, स्यान्डविच मेकर, हिटर, माइक्रोवेभ ओभन र ओटिजी लगायत छन् । ब्ल्याक प्लस डेकर ब्रान्ड विश्वभरिनै ग्राहकको उच्च रोजाइमा पर्न सफल रहेको र नेपालमा पनि सबैले रुचाउने कम्पनीले जनाएको छ । 

प्रकाशित: ६ आश्विन २०७७ ०५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App