अर्थ

एनआइसी एसियामा खल्तीबाट कर्जा आवेदन दिन सकिने

 एनआइसी एसिया बैंकको सुपर चमत्कारिक कर्जाको आवेदन डिजिटल वालेट खल्तीमार्फत दिन सकिने व्यवस्था मिलाएको बैंकले जनाएको छ। उक्त बैंकको मोबाइल बैंकिङ सुविधा उपभोग गरिरहेका ग्राहकले आफ्नो बैंक खातामा खल्ती डिजिटल वालेटलाई लिंक गरेमा १४ असोजसम्म ५० रूपैयाँ नगद उपहार प्राप्त हुने बैंकले जनाएको छ। खातामा वालेट जोडेपछि वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा लागत रकम सिधै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था हुनेछ।

खल्तीका प्रयोगकर्ताले वालेटभित्र रहेका उक्त बैंकको सुपर चमत्कारिक कर्जाहरूको आइकनमा ट्याप गरेर तीन किसिमका कर्जामध्ये आफूलाई चाहिएको कर्जाका लागि आवेदन दिन सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ।

यसरी प्राप्त आवेदनहरू खल्ती डिजिटल वालेटले यस बैंकलाई पठाउने र बैंकले आवश्यक थप प्रक्रिया पुर्याई सम्पूर्ण कागजात बुझिलिएको ४८ घन्टाभित्र सम्बन्धित आवेदकलाई कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ। 

प्रकाशित: ४ आश्विन २०७७ ०३:५६ आइतबार

एनआइसी एसिया बैंक