अर्थ

जनकपुर आइपुग्यो रेल

सरकारले जनकपुर-जयनगर रूटमा सञ्चालन गर्न भारतसँग किनेको रेल जनकपुर आइपुगेको छ। शुक्रबार दिउँसो उक्त रेल जनकपुर आइपुगेको हो।  

नेपालले चेन्नइको कोंकर्ण रेलवे कर्पोरेसनलाई दुई वटा ट्रेन सेट किनेको थियो। गत वर्ष नै खरिद प्रक्रिया अघि बढाइएको रेल कम्पनीले तयार पारेको थियो।  

यो पनि पढ्नुहोस्

जनकपुर आइपुग्यो रेल, स्टेशनमा मानिसहरूको भीड

नेपालमा पहिलो पटक बेलायत सरकारले रक्सौल–अमलेखगन्ज रेल सेवा १९८४ मा संचालनमा ल्याएको थियो। त्यो रेल सेवा  शूरु भएको ३८ वर्षपछि २०२२ मा बन्द भएको थियो। उक्त रेलसेवाले तराई मधेसका मानिसलाई मात्र नभई पहाडका मानिसलाई समेत काठमाडौं पुग्न मद्त पुर्याएको थियो। पहाडका मानिस तराई झरेर भारत हुँदै रेलबाट अमलेखगन्ज पुग्थे। त्यहाँबाट पैदल काठमाडौंको यात्रा तय गर्थे।

विक्रम संवद १९९४ मा जयनगर–जनकपुर– बिजलपुरा रेल सेवा सुरु भएको बताइएको छ। करिब ५२ किलोमिटरको यो रेल सेवा सुरुमा कोइलाबाट चल्थ्यो। पछि डिजेल इन्जिन सुरु भयो। यो  बेला रेल सेवा मानिस ओहोरदोहोर गर्न भन्दा पनि मालसामान ओरापसार गर्न सुरुवात भएको थियो। पछि त्यसमा मानिस बस्ने बोगी थपियो।

प्रकाशित: २ आश्विन २०७७ ०८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App