अर्थ

हुन्डाई ग्रान्ड आई टेन नियोस अब नेपालमा

नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ उत्पादन हुन्डाई ग्रान्ड आई टेन नियोसलाई डिजिटल समारोहमार्फत सार्वजनिक गरेको छ।

हुन्डाई ग्रान्ड आई टेन धेरै वर्षदेखि बजारमा सबभन्दा मनपर्ने र प्रशंसा गरिएको कारमध्ये एक हो। अब यसको विरासतलाई अगाडि बढाउन हुन्डार्ईले स्टाइलिस र थप विशेषता भएको ग्रान्ड आई टेन नियोस ल्याएको कम्पनीले जनाएको छ।

हुन्डाई ग्रान्ड आई टेन नियोस ड्युल भिटिभिटी टेक्नोलोजीमा आधारित १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध छ। उत्कृष्ट प्रदर्शनका लागि ८३ पिएस६००० आरपिएम सर्वाधिक पावर दुवै म्यानुुअल तथा स्वचालित ट्रान्समिसन विकल्पहरुमा पाउन सकिने कम्पनीले जनाएको छ। ग्रान्ड आई टेन नियोसले ५–स्पिड म्यानुअल र स्मार्ट अटो एएमटी दुवै किसिमको ट्रान्समिसनमा उपलब्ध छ।

यसमा ग्लोसी ब्लाक रेडियटर ग्रिल बुमरेन्ज आकारको एलइडी डिआरएल, स्टाइलिस टेलल्याम्प, सार्क फिन एन्टेना र गन मेटल फिनिसका साथमा आकर्षक १४ इन्च अलोय ह्विल छ। सडकमा फरक उपस्थितिको लागि हुन्डाई ग्रान्ड आई टेन नियोस पोलार ह्वाइट, टाइफुन सिल्भर, टाइटान ग्रे, फियरी रेड र अक्वा टिल जस्ता रंगहरुमा उपलब्ध रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

यो गाडीको सुरुआती मूल्य ३० लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरी १३ सोरुम तथा १७ सर्भिस सेन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ।

प्रकाशित: २ आश्विन २०७७ ०६:०८ शुक्रबार

हुन्डाई अटोमोबाइल्स ग्रान्ड आई टेन नियोस