अर्थ

कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न माग गर्दै शान्तिपुर्ण प्रदर्शन

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न माग गर्दै काठमाडौं नयाँ बसपार्क स्थित माछापोखरीमा स्वतन्त्र नागरिक समुहले शान्तिपुर्ण प्रदर्शन गरेको छ।

'हाम्रोलाई हैन राम्रोलाई नियुक्ति गर।’ ‘उज्यालो नेपालको नायक कुलमान घिसिङलाई पुनर्नियुक्ति गर’ भन्ने प्ले कार्ड र ब्यानर बोकेर उनको पुनर्नियुक्तिका लागि पदर्शन भएको हाे।

घिसिङको चारवर्षे कार्यकाल आइतबार पुरा भएको थियो। मंगलबार प्राधिकरणले उनको बिदाइ गरेको छ।

प्रकाशित: ३१ भाद्र २०७७ ०४:२५ बुधबार

प्रदर्शन कुलमान घिसिङ पुनर्नियुक्ति