अर्थ

पर्यटन बोर्डको बजेट घट्यो

चितवनको खैरहनी नगरपालिका–११ दरै गाउँमा आन्तरिक पर्यटकको स्वागत। पर्यटन बोर्डको नयाँ बजेटले आन्तरिक पर्यटनमा जोड दिएको छ।

काठमाडौं–नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष ०७७÷०७८ का लागि बजेटको आकार घटाएको छ। सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले ८२ करोड रुपैयाँको बजेट पारित गरेको छ । गत आर्थिक वर्षमा बोर्डको बजेट १ अर्ब ७५ करोड रुपैयाँ थियो।

नयाँ बजेटमा अनुसन्धान, आन्तरिक पर्यटन प्रवद्र्धन र डिजिटल मार्केटिङमा जोड दिइएको बोर्डका कार्यकारी समिति सदस्य अवधेश कुमार दासले बताए । कोरोना कहरका कारण गएको पर्यटकीय सिजनदेखि पर्यटक आवागमन ठप्प भएकाले आम्दानी पनि घटेकाले उसले छरितो बजेट ल्याएको हो।  

प्रकाशित: २७ श्रावण २०७७ ०९:२५ मंगलबार

बजेट आन्तरिक पर्यटन