अर्थ

नयाँ स्कोडा र्‍यापिड टिएसआई सार्वजनिक

नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले थप पावर, कम्फर्ट र भ्यालु–फर–मनीसहितको नयाँ र्‍यापिड टिएसआई आकर्षक मूल्यमा नेपालमा सार्वजनिक गरेको छ । नयाँ स्कोडा र्‍यापिड अघिल्लो पुस्ताको र्‍यापिडभन्दा पाँचलाख रुपैयाँ सस्तो रहेको कम्पनीले जनाएको छ । अहिले कम्पनीले ३४ लाख ९० हजार रुपैयाँमा नेपाली बजारमा सार्वजनिक गरेको जनाएको छ ।

नयाँ स्कोडा र्‍यापिडलाई नयाँ असाधारण टिएसआई इन्जिनले पावर दिन्छ, जुन पहिला स्कोडा सुपर्व र स्कोडा अक्टाभिया जस्तो प्रिमियममोडेलमा प्रयोग गरिन्थ्यो । नयाँ पेट्रोल टिएसआईले ११० पिएस पावर र १७५ एनएम टर्क उत्पन्न गर्छ र यीदुवै वेस्ट–इन–क्लास हुन् ।  

नयाँ र्‍यापिड टिएसआई १.० को फ्युलइफिसेन्सी पनि उदाहरणीय रहेको कम्पनीले जनाएको छ । जुन १८.९७ किलोमिटर प्रतिलिटर हो । अघिल्लो पुस्ताको र्‍यापिड १.६ एमपिआईको तुलनामा नयाँ टिएसआई इन्जिनले ५ प्रतिशत बढी पावर र १४ प्रतिशत बढी टर्क उत्पन्न गर्छ ।

नयाँ स्कोडा र्‍यापिडमा चार सय ६० लिटर बराबरको ‘बेस्ट–इन–क्लास’ बुट स्पेस र ५५ लिटरको फ्युल ट्यांक छ । साथै, नयाँ र्‍यापिडका सबै भेरियन्टमा रियर एसी भेन्ट, अटोमेटिक क्लाइमाट्रोनिकएसी, टिल्ट एन्ड टेलिस्कोपिक स्टेरिङ उपलब्ध छ । नयाँ र्‍यापिडमा पनि पार्कट्रोनिक रियर पार्किङ सेन्सर, एन्टी–ग्लेर इन्टेरियर रियर भ्यू मिरर, रफ रोड प्याकेज, फ्युल सप्लाई कट–अफर फ्लाटिङ कोड सिस्टम सहितको इन्जिनइ मोबिलाइजर जस्ता सुरक्षा फिचर राखिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीकाअनुसार राइडर मोडेलको ३४ लाख ९० हजार, राइडर प्लसको ३६ लाख ९० हजार, एम्बिसनको ४३ लाख ९० हजार, ओनिक्सको ४४ लाख ९० हजार र स्टाइलको ५० लाख ९० हजार र मोन्टे कार्लाेको ५१ लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको छ ।

प्रकाशित: २७ श्रावण २०७७ ०५:०६ मंगलबार